काठमाडौं महानगरपालिका ७० जना अधिकृतको माग

२७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबार एक विज्ञापन प्रकाशित गर्दै   विभिन्न समूहमा ७० जना अधिकृतहरुको माग गरेको  छ ।

महानगरपालिकाले राजस्व समूहमा ३, प्राविधिकतर्फ १० अधिकृत, लेखा समूहमा १ जना माग गरेको छ । यसैगरी प्रशासनतर्फ मागिएको ५६ अधिकृत मध्ये ३० जनाले खुला प्रतिस्पर्धा गर्नेछन् । बाँकी विभिन्न समावेशी कोटाबाट नियुक्त हुनेछन् ।

परीक्षामा सहभागी हुन स्नातक पास गरेको तथा २१ वर्ष पूरा भई ३५ वर्ष उमेर ननाघेको हुनुपर्छ । महिलाको हकमा भने ४० वर्ष उमेर हद छ भने प्राविधिक पदका लागि ४५ वर्ष सम्मको उमेर हद तोकिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत