देउवा समूहले रेग्मी र पौडेल समूहले पाण्डेलाई अध्यक्षको उम्मेदवारमा अघि सारे

२८ भदौ, काठमाडौं । नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवा समूहले महिला संघको महाधिवेशनमा अध्यक्षको उम्मेदवारमा उमा रेग्मीलाई अघि सारेको छ ।

काँग्रेसको भगिनी संगठन नेपाल महिला संघको नयाँ नेतृत्वका लागि गुटगत आधारमा प्रतिष्पर्धा हुने निश्चित भएको छ । यस अघि रामचन्द्र पौडेल समूहबाट अध्यक्षको उम्मेदवारमा मिना पाण्डेलाई घोषणा गरिएको छ ।

काँग्रेसको १३औं महाधिवेशनपछि उदाएको कृष्णप्रसाद सिटौला समूहको तेस्रो धारले धना खतिवडाको नामअघि सारेको भए पनि उनले कुन पदमा उम्मेदवारी दिने खुलाएका छैनन् ।

आफूलाई लोकतान्त्रिक पार्टी भन्ने नेपाली काँग्रेसको भगिनी संगठन नेपाल महिला संघको नयाँ नेतृत्वका लागि करिब दश वर्षपछि भोलि बुधबारबाट काठमाडौंमा तेस्रो महाधिवेशन सुरु हुँदैछ । महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडल पक्षबीच प्रतिष्पर्धा हुने भएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत