गोर्खा सैनिकलाई पेन्सनमा भेदभाव नगरेको युरोपेली मानवअधिकार अदालतको ठहर

३० भदौ, काठमाडौं । ब्रिटिस सरकारले ब्रिटिस सेनाबाट सेवा निवृत्त भूतपूर्व गोर्खा सैनिकहरुलाई पेन्सनमा भेदभाव नगरेको युरोपेली मानवअधिकार अदालतले ठहर गरेको छ ।

युरोपेली मानवअधिकार अदालतमा झण्डै पाँच वर्ष पहिले भूतपूर्व गोर्खाहरुले पेन्सनमा भेदभाव भएको मुद्दा हालेका थिए । तर, अदालतले भूतपूर्व गोर्खाहरुको पक्षमा फैसला सुनाएन् । युरोपेली मानवअधिकारसम्वन्धी माहासन्धिको धारा ११ र धारा १ अनुरुप भूवपूर्व ब्रिटिस गोर्खा सैनिकहरुलाई भेदभाव गरिएको भन्ने कुनै आधार नभेटिएको अदालतले बताएको छ ।

धारा १४ मा धर्म, वर्ण, लिंग वा अन्य कुनै पनि आधारमा संघका सदस्य मुलुकहरुले भेदभाव गर्न नपाउने उल्लेख छ । १ जुलाई १९९७ अघि सेवानिवृत्त भएका ब्रिटिस गोर्खा सैनिकहरुले समकक्षीहरुको तुलनामा झण्डै एक तिहाइ मात्र पेन्सन पाउने गरेको बताउँदै आएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत