महेन्द्रको माग : भारतीय सैनिकमा मधेसीलाई पनि भर्ती गर्नु

३० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणवारे सुझाव माग्न बोलाएको बैठकमा तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले भारतीय गोर्खा सैनिकमा पहाडे मुलका नेपालीलाई मात्रै नभइ मधेसी मुलका नेपालीलाई पनि भर्ती गर्न माग गरेका थिए ।

यादवले भारतीय गोरखा सेनामा ५० प्रतिशत मधेसीको प्रतिनिधित्वबारे मोदीसँग कुरा गर्न प्रचण्डलाई सुझाव दिएको बताएका छन् ।

यतिबेला प्रधानमन्त्री दाहाल भारत भ्रमणमा छन् । नेपालको संविधानले सबै जात जातिलाई सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्व नदिएको भन्दै मधेसी मोर्चाको आन्दोलनलाई भरण पोषण गर्दै आएको भारतसामु प्रधानमन्त्री दाहालले मोर्चाको माग फरवार्ड गरिदिए भने भारतले के गर्ला ?

‘नेपालमा साम्प्रदायिक हिंसा भड्काउन मात्र मधेसी दल र केही जातिवादी दललाई प्रयोग गर्दै आएका भारतीय र पश्चिमाहरु आफैंतिर यो मुद्दा फर्किएको छ’ चक्रपथमा खबर छ: ‘आफ्नो गोर्खा भर्तीमा पहाडी मुलका नेपालीको बहादुर विशेषता मात्रै योग्य भन्ला कि मधेसी समुदायलाईलाई ‘माया’ गरेको भारतले माग जायजै हो भनेर सम्बोधन गर्ला ?’

‘समानुपातिक र समावेशी सिद्धान्त अंगालेको नेपालको संविधानलाई अपूर्ण भनेर मधेसी दल उचाल्ने भारतले अव भारतीय गोर्खामा मधेसी समुदायलाई ५० प्रतिशत कोटा छुट्याएर निवेदन आव्हान गर्छ कि गर्दैन ?’ चक्रपथ लेख्छ, ‘अमेरिकाले खोल्ने डीभीमा ५० प्रतिशत मधेसी कोटा छुट्याउँछ कि छुट्याउँदैन ?’

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत