आदिवासी जनजाति, मधेसी, थारुको समस्या समाधान नगरेसम्म संविधान कार्यान्वयन असम्भव – प्रधानमन्त्री

३० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  चार दिने भारत भ्रमणका क्रममा प्रवासी नेपालीलाई संबोधन गरेका छन् । भारतको नयाँदिल्ली स्थित नेपाली दुतावासमा प्रवासी नेपालीहरुलाई संबोधन गर्दै उनले आदिवासी जनजाति, मधेसी, थारुको समस्या समाधान नगरेसम्म संविधान कार्यान्वयन गर्न नसक्ने बताएका छन् ।

उनले राष्ट्रिय स्वाधिनता राष्ट्रिय एकतासँग जोडिएको बताउदै  असन्तुष्ट पक्षको माग संबोधन नै संविधान कार्यान्वयनको पहिलो सर्त रहेको बताएका हुन् । उनले भने–हिमाल, पहाड र तराईलाई एकताबद्ध गर्न सकिएन भने राष्ट्रिय स्वाधिनता कुरामात्र हुन्छ । यसो भएन भने राजनीतिक खतरा उत्पन्न हुन्छ ।

उनले अहिले नयाँ सरकार गठन हुनुको कारण नै राष्ट्रिय एकता कायम गर्नु र छिमेकीसँगको सम्बन्धलाई एकताबद्ध गर्नु रहेको बताए । उनले यतिबेला नेपालमा भूकम्पपछिको पुर्ननिर्माणको काम महत्वपूर्ण रहेको बताँउदै आफू प्रधानमन्त्री बन्नु अघि ४० हजार प्रभावितले राहत पाएकोमा अहिले झन्डै ४ लाखले पाएको बताए ।

उनले सरकारले शान्तिप्रक्रियालाई अगाडि बढाउन सत्य निरुपण तथा मेलमिलाप आयोगलाई अगाडि बढाइरहेको बताए । संबिधान जारी पछि त्यसलाई कार्यान्वनको चरणमा अगाडि बढाउने प्रयास स्वरुप बुधबारको मन्त्रिपरिषदको बैठकबाट सात प्रदेशमा उच्च अदालत स्थापना गर्ने बारे निर्णय गरेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत