काँग्रेसको महिला संघ अध्यक्षमा देउवा-सिटौला प्यानलकी रेग्मी

१ असोज , काठमाडौ । नेपाली काँग्रेसको भगीनी संगठन नेपाल महिला संघको तेस्रो महाधिवेशनबाट शेरबहादुर देउवा र कृष्ण सिटौला पक्षधरको संयुक्त प्यानलकी उमेदवार उमा रेग्मी अध्यक्ष भएकी छिन् ।

देउवा र सिटौला प्यानलकी रेग्मीले रामचन्द्र पौडेल पक्षधर उमेदवार मिना पाण्डेलाई ९९८ मत ल्याएर पराजित गरिन् । पाण्डेले ७९७ मत ल्याएकी थिइन् । संघको महासचिवमा धना खतिवडा र कोषाध्यक्ष जानकी सिंह विजयी भएकी छिन् ।

महासचिवमा धना खतिवडा ९९८ मतले विजयी भएकी थिइन भने उनको निकटतम प्रतिद्वन्द्वी गोमा केसीले ७७६ मत प्राप्त गरिन् । कोषाध्यक्षमा जानकी सिंह ९११ मत प्राप्त गरी विजयी भइन भने उनको निकटतम प्रतिद्वन्द्वी कुसुमदेवी थापाले ८०३ मत गरिन् ।

२ हजार ११४ मतदाता रहेको उक्त निर्वाचनमा १ हजार ८१४ जनाले मतदान गरेका थिए । कुल ५६ पदका लागि भएको निर्वाचनमा १२६ जना चुनावी मैदानमा उत्रेका थिए ।

निर्वाचनले सभापति, महासचिव र कोषाध्यक्ष एक एक, खुल्ला केन्द्रीय सदस्य २२, प्रदेश केन्द्रीय सदस्य प्रतिप्रदेशमा तीन जनाका दरले २१, जनजाति, दलित, मधेसी तीन तीन तथा मुसलमान एक केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

देउवा र सिटौलाको संयुक्त प्यानलकी उमेदवार उमा रेग्मी नेपाल महिला संघको १५ वर्ष अघि भएको बिराटनगर महाधिवेशनमा मिना पाण्डेलाई हराएर पहिलो निर्वाचित अध्यक्ष भएकी थिइन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत