‘नाम’ शान्ति, न्याय र समानताको अभिव्यक्ति : उपराष्ट्रपति पुन

२ असोज, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले भेनेज्वेलाको मार्गरिटा टापूमा जारी नामको १७ औँ शिखर बैठकलाई आज सम्बोधन गर्दै असंलग्न आन्दोलन ‘नाम’ शान्ति, न्याय र समानताको अभिव्यक्ति भएको बताएका छन् ।

उपराष्ट्रपति पुनले सुनियोजित ढङ्गले संसारभर जरा गाडेको असमानतालाई हटाउन र सबैको साझा समृद्धिका लागि विश्वव्यापी आर्थिक न्यायका पक्षमा ‘नाम’ले आफूलाई उभ्याउनु पर्ने बताए ।

मार्गरिटा घोषणापत्र जारी गर्दै सोमबार सम्पन्न हुने ‘नाम’को १७औँ शिखर बैठकमा उपराष्ट्रपति पुनले ‘नाम’का आधारभूत सिद्धान्त र आदर्शप्रति नेपालको अटल आस्था रहेको र ती सिद्धान्त र आदर्श नेपालको परराष्ट्र नीतिका निर्देशक सिद्धान्तका रुपमा रहेको बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत