संविधानको पूर्ण कार्यान्वयनका लागि संविधान संशोधन – प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान जारी भएको वर्षदिन पूरा भएको अवसरमा सन्देश जारी गर्दै सरकार संविधानको पूर्ण कार्यान्वयनका लागि संविधान संशोधन गर्न गम्भीरतापूर्वक लागेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले संविधानको सफल कार्यान्वयनका लागि मधेसी, थारु, आदिवासी, जनजाति लगायत समुदायका गुनासाहरुको याथोचित सम्बोधन गरिने उल्लेख गरेका छन् ।

२०७४ माघ ७ गते भित्र स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न गरी सक्नुपर्ने संविधानले दिएको अनिवार्य कार्यभार पुरा गर्न सरकार दृढ रहेको सन्देशमा उल्लेख गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत