सबै राजनीतिक दल र सम्पूर्ण नेपालीलाई एकता र समृद्धितर्फ लाग्न राष्ट्रपतिको आव्हान

rastrapati

३ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशवासीको नाममा सन्देश दिँदै वर्तमान संविधानको कार्यान्वयनमार्फत लोकतन्त्रको जगेर्ना र राष्ट्रिय हित, एकता र समृद्धितर्फ लाग्न सबै राजनीतिक दल र सम्पूर्ण नेपालीलाई आव्हान गरेकी छिन् ।

असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भनी शुभकामना व्यक्त गरेकी हुन् ।

नेपाली जनताका विभिन्न आन्दोलनपछि प्राप्त नेपालको संविधान २०७२ले  सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी सबै तह, तप्का, वर्ग, क्षेत्रका जनताको हक अधिकार प्रत्याभूत गरेको राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत