सरकारले ५ सय ३७ कैदीलाई दियो कैद माफी

mantriparisad

२ असोज, काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा सोमबार कैदबाट छुट्ने गरी ५ सय ३७ कैदीको कैद माफी गरेको छ ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले गृह मन्त्रालयको सिफारिस अनुसार गम्भीर प्रकृतिको अपराध बाहेकका हकमा कार्यविधिले तोकेअनुसारको कैद सजाय काटेका कैदीको कैद मिनाहाको निर्णय गरेको हो ।

सरकारले संविधान दिवसको अवसरमा बालबालिका र महिला बेचविखन, अवैध हतियार, बलात्कार, अपहरण, संगठित अपराध, भ्रष्टाचार लगायतका हकमा कार्यविधिले तोकेअनुसारको कैद मिनाहा गरेको छ ।

यसअघि गणतन्त्र दिवसमा सरकारले ८ हजार ८ सय ७ कैदीको कैद मिनाहा गरेको सरकारले असल चालचलन भएको, ६० प्रतिशत कैद भुक्तान गरिसकेको कैदीलाई राष्ट्रिय दिवस पारेर कैद मिनाहा गरेको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत