परराष्ट्रमन्त्री महतले राष्ट्र सङ्घको महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने

४ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संयुक्त राष्ट्र सङ्घको ७१ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने कार्यक्रम भए पनि अन्तिम समयमा भ्रमण स्थगन गरेपछि परराष्ट्रमन्त्री डा महतले नेतृत्व गर्न लागेका हुन् ।

महासभामा भाग लिन पराष्ट्रमन्त्री डा महत आइतबार नै त्यसतर्फ प्रस्थान गरिसकेका छन् भने अन्य नेपाली प्रतिनिधिमण्डलका सदस्य सांसद मोहनबहादुर बस्नेत, मुख्यसचिव डा सोमलाल सुवेदी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी र राष्ट्र सङ्घका लागि नेपाली स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टरार्इ लगायत सोमबार साँझ त्यसतर्फ प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत