आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै

५ असोज, काठमाडौं । शान्ति तथा पुनर्निर्माण मन्त्रालय लगायतका सरकारी निकाय र गैरसरकारी संघसंस्थाहरुले‘दिगो शान्तिः राष्ट्र विकासको आधार’ भन्ने नाराका साथ शान्ति दिवसको अवसरमा  अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ ।

आज शान्ति मन्त्रालयले  राजधानीस्थित शान्तिवाटिकामा प्रभातफेरी गरेको छ भने राजधानीसहित मुलुकभर विविध कार्यक्रमको आयोजना गरेका छन् ।

संयुक्त राष्ट्रसंघको आहृवानमा हरेक वर्ष सेप्टेम्बर २१ तारिखमा यो दिवस मनाउने गरिएको छ । राष्ट्रसंघको ५५ औँ वार्षिक साधारणसभाले प्रस्ताव पारित गरी संसारका सबै देश र जनतामा शान्तिको कामना सहित आजको दिनलाई अन्तर्राष्ट्रिय शान्ति दिवसको रुपमा मनाउने घोषणा  गरेको थियो । नेपालले २०६५ सालदेखि यो दिवस मनाउन थालेको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत