सञ्चारमन्त्री कार्कीले पौडी खेल्न मन्त्रालयमा जान्छु भनेपछि

ram-karki

सञ्चारमन्त्री कार्कीको हड्डी हाँस्ने संकेत देखियो !
५ असोज, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जनयुद्धमा ओडारबाट रेडियो चलाउने साथै मोफसलका पत्रकारहरुलाई केही सहयोग गर्न पाए आफ्नो हड्डी हाँस्ने बताएका छन् ।

बुधबार राजधानीमा आयोजित प्रेस सेन्टर नेपाल प्रदेश नम्बर तीनको प्रथम एकता सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सञ्चारमन्त्री कार्कीले जनयुद्धमा ओडारमा बसेर, डोकामा बोकेर रेडियो चलाउने पत्रकार र यतिबेला मोफसलमा रहेर दुःखका बिच पनि पत्रकारिता गर्नेहरुलाई केही सहयोग गर्न पाए आफ्नो हड्डी हाँस्ने बताएका हुन् ।

नवप्रवेशी र क्रान्तिकारी कुरा गर्ने वाकपटु अवसरवादी माओवादी पत्रकारहरुलाई इंकित गर्दै मन्त्री कार्कीले स्पष्ट भाषामा भने, ‘अन्यथा नमान्नु म डोकामा बोकेर रेडियो चलाउने र मोफसलमा बसेर पत्रकारिता गर्नेहरुलाई अलि बढी सहयोग गर्छु गा-हो नमान्नु होला ।’

पत्रकारहरुले प्रशंसा गरेर लेख्यो भने खायो होला भन्ने, विरोधमा लेख्यो भने पाएन होला भन्ने अवस्था किन आयो ? भन्दै आलोचनात्मकरुपमा पत्रकारिता क्षेत्र दुषित भएकाले त्यसतर्फ पत्रकारहरुले सोच्न मन्त्री कार्कीले विशेष जोड दिए ।

अधिकांश पत्रकारहरुले सत्य कहिल्यै बाहिर नल्याउने रहेछ भन्दै मन्त्री कार्कीले उदाहरण दिए, ‘दैनिक पत्रिकामा एउटी महिलाले आफ्नो सन्तान मारेको समाचार आउँछ तर, ती महिलाले कैयन पीडा सहेर जन्माएको आफ्नो सन्तान मार्न किन विवश भइन् ? भन्ने कुरा समाचारमा आएको पाइन्न ।’

सहिदको नाम लिएर केही सहिद परिवारका सदस्य ‘खरदार’मा जागिर लगाइदिन आफूसँग आग्रह गर्न आएको प्रसङ्ग कोट्याउँदै मन्त्री कार्कीले भने, ‘सहिदको अपमान र अवमूल्यन नगरौं, सहिदलाई खरदार पदसँग नसाटौं ।’

सोचनीय विषय :

‘सहिदलाई खरदार पदसँग नसाटौं’ भन्ने मन्त्री कार्कीले जनयुद्धका क्रममा परिवारका सदस्य सहिद, बेपत्ता, घाइते, अपाङ्गता केही नभए तापनि मन्त्रीसँग वा पार्टीका शीर्ष नेतासँग पहुँच हुनेहरुले आवश्यक कागजात बनाएर राज्यबाट सम्पूर्ण सेवा–सुविधा लिइरहका थाहै नपाएका हुन् वा जानी बुझी सम्बोधनमा छुटाएका हुन् ? सोचनीय विषय छ ।

एकता सम्मेलनलाई सम्बोधन गर्ने क्रममै मन्त्री कार्की ‘मन्त्रालयमा मान्छेहरुको पोखरी बनिसक्यो होला, पौडी खेल्न जान्छु, नमस्कार !’ भन्दै  सहभागी सबैलाई हसाँएर कार्यक्रमस्थलबाट सम्बोधन लगतै बाहिरिएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत