पौडेलको दावी : देउवाले चाहे कांग्रेसका गुटहरु अन्त्य हुने

६ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीमा रहेका गुटहरु सभापति शेरबहादुर देउवाले चाहेको खण्डमा अन्त्य हुने बताएका छन् ।

नेता पौडेलले पत्रकार हरिहर विरहीको पुस्तक लोकार्पण कार्यक्रममा आफू गुटको अन्त्य गर्न सधैं तत्पर रहेको बताउँदै कांग्रेसमा तेस्रो धार स्थापित गर्ने प्रयासरत् कृष्णप्रसाद सिटौलामाथि वागी, विद्रोही र धोकेबाजको आरोप लगाए । साथै, देउवाले आफूलाई समेटेर अगाडि बढे सिटौलाको गुट आफैं समाप्त भएर जाने पौडेलको दावी थियो ।

पौडेलले आफूमाथि त्यस्तो आरोप लगाउँदा मञ्चमै रहेका सिटौला मुस्कानसहित मुसुमुसु हाँसिरहेका थिए ।

नेता रामचन्द्र पौडेलले पार्टीका दुई भातृ संस्था नेपाल विद्यार्थी संघ र नेपाल महिला संघको निर्वाचनमा देउवाले सिटौलासँग मिलेर प्यानल खडा गरेकोप्रति असन्तुष्टि जनाउँदै सिटौलालाई महत्व नदिन आग्रह गरे । उनले महाधिवेशनमा आफूले चुनाव हारे पनि पार्टी सभापति देउवालाई असहयोग नगरेको बताए ।

तर, सिटौला पक्षले संस्थापनसँग मिलेर प्यानल खडा गर्दा महिला संघमा बलियो उपस्थिति जनाएको छ भने पौडेल पक्ष संघबाट बढारिएको छ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत