मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गर्न सिन्धुपाल्चोक पुगे प्रधानमन्त्री प्रचण्ड

melamchi

७ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री कार्यालयका सचिव र पार्टीका केही नेताहरुसहित शुक्रबार मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गर्न सिन्धुपाल्चोक पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डले मेलम्चीको पानी दशैं अघि नै काठमाडौं ल्याउने सरकारको लक्ष्य पूरा नभए पनि आगामी नयाँ वर्ष २०७४ को शुरुतिर काठमाडौंबासीलाई खुवाउन सम्भव रहेको बताएका छन् ।

शुक्रबार मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गर्न सिन्धुपाल्चोक पुगेका प्रधानमन्त्री प्रचण्डले मेलम्चीको पानी काठमाडौं ल्याउन भइरहेको कामप्रति सन्तोष व्यक्त गरेका छन् ।

मेलम्ची खानेपानी आयोजना २०५५ सालमा सुरु भएको थियो । सरकारको राष्ट्रिय गौरवको आयोजनाभित्र परेको यो आयोजनाको काम  झण्डै ७ किलोमिटर टनेल खन्न अझै बाँकी रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत