पूर्वगृहमन्त्री माधव घिमिरे चढेको कार त्रिशुलीमा खस्यो

madhav-ghimire९ असोज, धादिङ । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार कार आइतबार साँझ त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । सरकारका पूर्वमुख्य सचिवसमेत रहेका घिमिरेको अवस्था भने अज्ञात छ ।

मुग्लिनबाट काठमाडौं आउँदै गरेको बा ९ च १५३१ नम्वरको स्कार्पियो कार आइतबार साँझ चितवनको घोप्टेभीरबाट अपरान्ह पाैँने पाँच बजे नदीमा खसेर बेपत्ता भएको हो। प्रहरीका अनुसार घिमिरे आफैंले गाडी चलाएका थिए ।

घटनास्थलमा घिमिरेकी आमा ८० वर्षीया चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको शव भेटिएको विपत ब्यवस्थापन तालिम केन्द्र कुरीनटारका प्रवक्ता एसपी गणेशबहादुर थापाले जानकारी दिए । उनका अनुसार गाडी चालक बिष्णु राईको भने जीवितै उद्धार गरिएको छ । स्थानीय प्रहरीका अनुसार गाडीमा घिमिरेसहित सातजना थिए।

गाडी पुरै पानीमा डुबेको र खोजीकार्य जारी रहेको जानकारी प्रहरीले दिएको छ। सेना र सशस्त्र प्रहरी बलको आपतकालिन उद्धार टोली घटनास्थलमा परिचालन गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत