काठमाडौंका स्कुलहरुमा बम राख्ने विष्णु पौडेल पक्राउ

१० असोज, काठमाडौं । काठमाडौंका स्कुलहरुमा बम राख्ने तथा पड्काउने माओवादी कम्युनिष्ट केन्द्रका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका  छन् ।

पौडेललाई बौद्धबाट पक्राउ गरिएको हो । उनीसँग अर्का  ६३ वर्षका मुस्ताफिक अन्सारी पनि तिलिङटारबाट पक्राउ परेका हुन् ।

उनी बम सप्लाई गर्ने व्यक्ति भएको प्रहरीको दाबी छ । उनको साथबाट चन्दा उठाउन बनाएको रसिद बरामद भएको छ । पार्टीका अध्यक्ष एवं योजनाकार देवेन्द्र महतको भने खोजी भइरहेको काठमाडौं प्रहरी प्रमुखले जानकारी दिए ।

घटनाको माओवादी कम्युनिष्ट केन्द्र सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपालले जिम्मा लिएको छ । प्रहरीले त्यही साँझ बम राख्ने तथा पड्काउने घटनामा संलग्न भएको भन्दै दुई युवक शंकर लाखे र चन्द्रबहादुर तामाङलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

असोज ४ गते राजधानीका विभिन्न स्कुलहरुमा बम राखिएको थियो, जस मध्ये बौद्ध जोरपाटीका दुई स्कुल बाहिर राखिएको बम विस्फोट भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत