अर्थमन्त्री महराको प्रमुख स्वकीय सचिव आफ्नै कार्यकर्तासँग मोटो रकमको बार्गेनिङ्ग गर्दै

१२ असोज, काठमाडौं । उत्पीडित वर्ग, जाति, क्षेत्रको मुक्तिका लागि लडेको पार्टी नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा वर्तमान अर्थमन्त्री कृष्णबहादुर महराको प्रमुख स्वकीय सचिव हिमाल शर्मा यतिबेला निकै व्यस्त छन् । उनी देश र जनताको समस्या हल गर्न व्यस्त नभई अधिकतम् समय अर्थमन्त्रालयसँग सम्बन्धित रहेका तर व्यक्तिगत आयआर्जन हुने र कमिशन आउने काममा लागेको तथ्य हाकाहकी डटकमले फेला पारेको छ ।

हिमाल शर्मालाई यतिबेला आफ्नै पार्टीका नेता तथा कार्यकर्ताको जायज समस्या सुन्ने र हल गर्ने फुर्सद समेत छैन् । उनी अर्थमन्त्री महराको ठाडो आदेश समेत नमानेर कमिशनको चक्करमा लागेका छन् । हाल माओवादी केन्द्रका पूर्वविद्यार्थी नेता बनेका एक पूर्वविद्यार्थी नेताकाअनुसार हिमाल शर्माले यतिबेला सानो रकम होइन्, माल आउने काम ल्याउन फरमान नै जारी गर्दै ठूलो रकम आउने काम मिलेर गरौं भनेका छन् ।

स्रोतकाअनुसार नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका जिम्मेवार नेता समेत रहेका एक पीडित पत्रकारले हिमाल शर्मालाई पटक-पटक भेटेर समस्या हल गर्न आग्रह गर्दा समेत समस्या हल नभए पछि मन्त्री क्वाटरमै पुगेर अर्थमन्त्री कृष्ण बहादुर महरालाई भेटेर आफ्नो समस्या राखेपछि मन्त्री महराले स्वकीय सचिव शर्मालाई समस्या हल गर्न निर्देशन दिएपछि शर्माले कर्मचारीहरुले पैसा खोजेका होलान् भन्दै समस्या सुनुवाई गर्नुको साटो राष्ट्रिय बाणिज्य बैंकका सिईओ किरण कुमार श्रेष्ठ र बैंकका कर्मचारीले आर्थिक बार्गेनिङ्ग गरेका होलान् केही पैसा दिनु भन्दै समस्यालाई पन्छाइरहेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी, त्रिवेणी डिस्टीलरीका सञ्चालकहरु र भू–माफिया तथा दलालको मिलेमतोका कारण पीडित बन्न पुगेकी गंगादेवी पुन मगरले अर्थमन्त्रीका प्रमुख स्वकीय शर्मासँग आफूले नलिएको, नखाएको ऋण १९ लाख ५० हजारको साँवा बराबर व्याज तिरेर भए पनि राष्ट्रिय बाणिज्य बैंकमा रहेको आफ्नो जग्गा धनी पूर्जा फिर्ता पाउन शर्मालाई आवश्यक भूमिका खेल्न अनुनय विनय गर्दा समेत शर्मा आफूलाई के कति रकम बच्ने हो ? भनी जोड घटाउमा लागेका हुन् ।

हाकाहाकी डटकमले गंगादेवी पुन मगरको घटनाबारे बुझ्न हिमाल शर्मालाई बुधबार साँझ उनको ९८५१०२९२३८ नम्बरमा फटक–पटक फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

के हो गंगादेवी पुन मगरसँग सम्बन्धित घटना ?

साँघु साप्ताहिकमा खबर छ :

20160429_084050

बुधबार साप्ताहिमा खबर छ :

budhabar-weekly

ऋण असुली न्यायाधिकरणले बैंकलाई पठाएको पत्रले के भन्छ ?

drt

बैंकले ऋण असुली न्यायाधिकरणलाई लेखेको पत्रले यसो भन्छ :

bank

गंगादेवी पुन मगरले राष्ट्रिय बाणिज्य बैंकमा २७ लाख रुपैयाँ बुझाएको भौचरको प्रतिलिपि

गंगादेवी पुन मगरले राष्ट्रिय बाणिज्य बैंकमा रकम बुझाएको भौचरको प्रतिलिपि

 

राष्ट्रिय बाणिज्य बैंकले गंगादेवी पुन मगरसँग सम्बन्धित मुद्दालाई किनारा लगाउन भनी श्री पुनरावेदन अदालत पाटनमा बुझाएको बैंकको नजिरसहितको पत्र ।

bank-letter-to-patan-court-1

bank-letter-to-patan-court-2

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत