कैलाली र कञ्चनपुर थारुवान प्रदेशमै – कृषिमन्त्री

११ असोज, काठमाडौं । कृषिमन्त्री गौरीशंकर चौधरीले मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रदेशहरुको सीमांकन हेरफेर गर्दा कैलाली र कञ्चनपुरलाई थारुवान प्रदेशमै राख्नुपर्ने बताएका छन् ।

मन्त्री चौधरीले प्रदेशको सीमांकनमा विवाद भएपनि सहमतिबाटै टुंगो लगाउन सकिने भन्दै आफू अखण्ड सुदूरपश्चिमको पक्षमा नरहेको स्पष्ट गर्दै संविधान संशोधनबारे शीर्ष तहमा छलफल भइरहेको बताए ।

‘जन्मदेखि मृत्यु नहुन्जेलसम्म किसान पेशा गर्नेलाई केही दिनुपर्छ, त्यसको लागि सरकारले तयारी गरिरहेको छ’ भन्दै मन्त्री चौधरीले भने, ‘अब छिट्टै यसबारेमा निर्णय हुन्छ ।’ उनले किसानको वर्गीकरणको लागि पनि गृहकार्य भइरहेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत