चन्द माओवादीले श्रम ऐनविरुद्ध आन्दोलन गर्ने

१२ असोज, काठमाडौं । नेत्रविक्रम चन्द माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका संयोजक अमर झाँक्रीले सरकारले सदनमा पेश गरेको प्रस्तावित ‘नो वर्क नो पे र हायर एण्ड फायर’ श्रम ऐनविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।

बुधबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले नेपाली मजदूरहरुमा देखापरेको अर्थवादविरुद्ध संघर्ष गर्नुपर्ने बताउँदै करार, ज्यालादारी तथा ठेकेदारी प्रथाको अन्त्य गर्नु पर्ने बताए ।

सरकारले सदन पेश गरेको प्रस्तावित श्रम ऐन मजदूर हित विपरीत भएको बताउँदै झाँक्रीले सरकारले एकतर्फी रुपमा ल्याउन खोजेको नीति लागु हुन नदिने गरी संघर्षको तयारीमा जुटेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत