राप्रपाले अब हिन्दु गणराज्यलाई आदर्श मान्ने

१२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले आफ्नो पार्टीले राष्ट्रियता, प्रजातन्त्र र उदारवादलाई आफ्नो आदर्श मान्दै आएको तर अबदेखि हिन्दु गणतन्त्रलाई आदर्श मान्ने बताएका छन् ।

राप्रपाका अध्यक्ष जबराले दशैं तथा तिहार पर्वको अवसरमा पत्रकारसँग शुभकामना साटासाट गर्न बुधबार काठमाडौमा एक कार्यक्रम गरी ८० प्रतिशत भन्दा बढी जनता हिन्दु धर्मावलम्बी भएको मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र भन्न नमिल्ने बताउँदै धर्मनिरपेक्षतालाई अस्वीकार गर्ने बताए ।

२०६२/०६३ सालको जनआन्दोलनपछि पुनर्स्थापित संसद्ले नेपाललाई धर्मरिपेक्ष मुलुक घोषणा गर्दा राप्रपाले स्वागत गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत