घर-घरमा जमरा राखेर घटस्थापना मनाइँदै

dasai

१५ असोज, काठमाडौं । विजयादशमीको पहिलो दिन शनिबार घर-घरमा जमरा राखेर घटस्थापना मनाइँदै छ ।

हरेक वर्ष घटस्थापनाका दिन नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर वा पूजाकोठामा दियो, गणेश र कलशको पूजा गरी जमरा राखिन्छ ।

जमरा उमार्न मकै, जौ छर्ने प्रचलन रहेको छ । यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ । आज घटस्थापनाको साइत बिहान ८ बजेर ३५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत