चाहेर पनि नचाहेर पनि भारतसँग सुमधुर सम्बन्ध बनाउनु पर्छ – सुजाता कोइराला

१५ असोज, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले चाहेर पनि नचाहेर पनि भारतसँगको सम्बन्ध सुमधुर बनाएर अगाडि बढ्नु नेपालको वाध्यता भएको बताएकी छन् ।

जीपी कोइराला फाउण्डेशनले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा नेतृ कोइरालाले पुरानो कुरा दोहोर्‍याइराख्यो, सम्झिराख्यो भने आफ्नो परिवारसित त नराम्रो हुने बताउँदै भारतले नेपालमा गरेको नाकाबन्दीको पीडा विर्सेर अब नेपाल-भारत सम्बन्ध सुमधुर बनाउनु पर्ने बताइन् ।

नेपालको हितको लागि पुरानो कुरा कोट्याउनुभन्दा आफूलाई लागेको कुरा प्रष्टसँग राखेर भारतसँगको सम्बन्ध सुमधुर बनाउनु पर्ने भन्दै कोइरालाले भारत र पाकिस्तानको तिक्ततापूर्ण सम्बन्धका कारण सार्कको १९ औं शिखर सम्मेलन स्थगित भएकाले सार्कको अध्यक्ष राष्ट्रका नाताले नेपालले सार्क सम्मेलन हुने वातावरण बनाउन पहल गर्नुपर्ने बताइन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत