१९ औं शिखर सम्मेलन स्थगितको घोषणा

१४ असोज, काठमाडौं । पाकिस्तानले अर्को महिना हुने तय भएको सार्कको १९ औं शिखर सम्मेलन भारतसहितका पाँच देशले भाग नलिने घोषणा गरेपछि स्थगितको घोषणा गरेको छ ।

भारत र पाकिस्तानको तनाव चुलिएपछि सुरुमा भारतले पाकिस्तानमा हुने सार्क सम्मेलनमा नजाने घोषणा गर्‍यो । त्यसपछि अफगानिस्तान, बंगलादेश र भुटानले सहभागी नहुने घोषणा गरेसँगै शुक्रबार श्रीलंकाले पनि भाग नलिने बताएपछि पाकिस्तानले सार्क स्थगितको घोषणा गरेको छ ।

त्यसको छायाँ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कमा परेको छ । यद्यपि, पाकिस्तानले सार्क सम्मेलनको नयाँ मिति छिट्टै घोषणा गर्ने बताएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत