मधेसी मोर्चाको माग छठसम्म पूरा नभए सरकारको समीकरण परिवर्तन

१७ असोज, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले छठसम्म आफ्ना माग पूरा नभए सरकारको समीकरणमै परिवर्तन ल्याउने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा कांग्रेसका सभापति शेरबहादुर देउवासँगको अनौपचारिक भेटमा मोर्चाका नेताहरूले आफ्ना माग पूरा नभए सशक्त मधेस आन्दोलन मार्फत् सरकारको समीकरणमै परिवर्तन ल्याउने चेतावनी पनि दिएका हुन् ।

मोर्चाका नेताहरूले अबको आन्दोलनको स्वरूप नाकाबन्दी भन्दा माथिल्लोस्तरको हुने बताएका छन् । उनीहरुले छठसम्म पर्खने र छठ पछि देखाइदिने बताएका छन् ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव बेलायतमा रहेकाले संशोधन प्रस्ताव दर्ता गर्ने विषयमा निर्णय गर्न नसकिएको तर्क सत्ता पक्षको छ भने मधेसी नेताहरूले गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री दाहालको निर्देशनअनुसार काम नगरेको आरोप लगाएका छन् ।

आफूहरूसँगको पटकपटकको बैठकमा प्रधानमन्त्री दाहालले दसैंअघि संशोधन प्रस्ताव दर्ता गर्न निधिलाई निर्देशन दिए पनि उनले दाहालको निर्देशन पालना नगरेको गुनासो मधेसी नेताको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत