सेना बलियो भए मात्रै राष्ट्रिय सुरक्षा र अखण्डता बलियो – प्रधानमन्त्री

१६ असोज, काठमाडौं । आइतबार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेना बलियो भए मात्रै राष्ट्रिय सुरक्षा र अखण्डता बलियो हुने बताएका छन् ।

नेपाली सेनाको मनोबल उच्च राख्न सरकार सचेत रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियामा सेनाले सकारात्मक भूमिका खेलेको बताउँदै द्वन्द्वकालीन मुद्दामा नेपाली सेना तानिन नहुने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वमा शान्ति स्थापनार्थ नेपाली सेनाको उच्च योगदान रहेको बताउँदै भूकम्पपछिको उद्धार, राहत र पुनर्निर्माण, राष्ट्रिय गौरवको आयोजनामा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गरे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत