बिजुक्छे र चन्द बीच वर्तमान राजनीतिक अवस्थाबारे समीक्षा

n-b

१९ असोज, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र नेत्रविक्रम चन्द बीच देशको वर्तमान राजनीतिक अवस्थाबारे समीक्षा  भएको छ ।

मंगलबार भक्तपुरमा भेटवार्ता पछि चन्दका माओवादी एक नेताका अनुसार महासचिव चन्दले नेमकिपाले व्यवस्थापिका–संसदमा निभाएको भूमिकाको प्रशंसा  गर्दै व्यवस्थापिका संसदको उपस्थितिले आफूहरुलाई गौरवान्वित गराएको जानकारी गराएका थिए ।

ती नेताले देशको वर्तमान अवस्थाबारे नेपाल मजदुर किसान पार्टी र चन्द माओवादीको वर्तमान राजनीतिक अवस्थाबारे समान धारणा रहेको बताए । बिजुक्छेका अनुसार भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग २५ बुँदे सहमति जनाएर नेपाललाई भूटानको कोटीमा पु-याएकोबारे दुई नेताबीच समान धारणा बनेको थियो ।

मंगलबार आफ्ना सीमित नेतासहित नेकपा माओवादीका महासचिव चन्द भक्तपुरको कमलविनायकस्थित बिजुक्छे निवास पुगेका नेमकिपाका अध्यक्ष बिजुक्छेले बताए ।

त्यस्तै

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत