निर्वाचन आयुक्त शर्मा र भारतीय पूर्व प्रमुख निर्वाचन आयुक्त कुरैसी बिच विवाह हुने

ila-kusary

२० असोज, काठमाडौं । भारतीय पत्रिका इन्डियन एक्सप्रेस तथा टेलिग्राफले निर्वाचन आयोगकी निर्वाचन आयुक्त इला शर्मा र भारतीय पूर्व प्रमुख निर्वाचन आयुक्त एसवाइ कुरैसीको विवाह हुने बताएको छ ।

पति नवराज पौडेलको १५ वर्ष अघि द्वन्द्वकालमा निधन भएपछि एक्लै रहँदै आएकी ४९ वर्षीया इला शर्मा र पत्नी हुमा कैरेसीसँग सम्बन्ध बिच्छेद गरेपछि एक्लै रहँदै आएका ६९ वर्षीय भारतीय पूर्व प्रमुख निर्वाचन आयुक्त एसवाइ कुरैसी यसैहप्ता विवाह बन्धनमा बाँधिन लागेको बताइएको छ ।

सन् २०१५ मा मेक्सिकोमा आयोजित राजनीति र पैसा विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भेट भएका कुरैसी र शर्मा त्यस भेटपछि एकअर्कासँग नजिकिएको र प्रेम सम्बन्धमा रहँदै आएको समाचारमा उल्लेख छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत