भारतीय सैनिक क्याम्प बाहिर अन्धाधुन्ध फायरिङ

२० असोज, काठमाडौं । जम्मु-काश्मीरको हंदवाडामा ३० स्थित भारतीय सैनिकको राष्ट्रिय राइफल क्याम्पमा हमला भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार हंदवाडाको सैनिक क्याम्पको बाहिर बिहिबार बिहान ६ बजे अन्धाधुन्ध फायरिङ भएको थियो । आक्रमण कसले गरेको भन्नेबारे स्पष्ट भएको छैन ।

भारतले पाकिस्तानसँगको सीमा क्षेत्रमा सर्जिकल स्ट्राइक गरेको दाबी गरेको एक साता नवित्दै सैनिक क्याम्पमाथि हमला भएको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत