हार्डवेयर पसलमा आगलागी हुँदा पाँच लाख मूल्य बराबरको क्षति

२२ असोज, सप्तरी । सप्तरीको कंचनरुप–५ स्थित स्थानीय अजय रौनियरको हार्डवेयर पसलमा विद्युत् सर्ट भएर आगलागी हुँदा पाँच लाख मूल्य बराबरको क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय कंचनरुपका अनुसार आगलागीबाट हार्डवेयर पसलमा रहेका सम्पूर्ण सामान जल्दा  पाँच लाख बराबरको क्षति भएको छ ।

आगोलाई स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको दमकलले नियन्त्रणमा लिएको थियो ।

केही दिनयता सप्तरी सदरमुकाम राजविराजमा चोरीको घटना बढ्दै गएको छ । पछिलो पटक राजविराज–१ स्थित हटियामा एउटा मोबाइल पसलमा चोरी भएको छ ।

पाँच-छ जनाको समूहमा आएको चोरले हटियास्थित साझा पुस्तक पसल अगाडि रहेको अमन कम्यिुनिकेसनबाट पाँच लाखभन्दा बढीको मोबाइल चोरी गरेको पीडितले बताएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत