कांग्रेसको रक्षार्थ तरुण दल अहोरात्र खटिने सैन्य दस्ता !

१ मंसिर, पोखरा । नेपाली कांग्रेस निकटस्थ तरुण दलका नवनिर्वाचित अध्यक्ष जितजंग बस्नेतले कांग्रेसको रक्षार्थ तरुण दल अहोरात्र खटिने सैन्य दस्ता  भएको बताएका छन् ।

pande

नवनिर्वाचित अध्यक्ष बस्नेतले तरुण दल कांग्रेसको रक्षार्थ खटिने सैन्य दस्ता भएको बताउँदै अन्याय, अत्याचार, भ्रष्टाचार अन्त्यको लागि संधैभरि लडिरहने बताएका हुन् ।

उनले तरुण दलप्रतिको युवाको आकर्षण र त्यो विश्वासलाई दाग लाग्न नदिने बताउँदै उनले आगामी निर्वाचनमा कांग्रेसलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने अभियानमा तरुण दलले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

अध्यक्ष बस्नेतले आफूलाई तरुण दलको चौथो महाधिवेशनमा प्रतिनिधि नभएको भन्ने हल्लाको खण्डन गर्दै निवर्तमान अध्यक्ष उदय शमशेर राणाले मनोनयन गरेर बोलाएपछि आफू पोखरा आएको बताउँदै आफू महाधिवेशन प्रतिनिधि भएको जिकिर गरे ।

यद्यपि महाधिवेशनको बन्द सत्र हुँदै गर्दा बस्नेत अध्यक्ष बन्ने हल्ला चलेपछि प्रतिनिधीहरुले बस्नेत प्रतिनिधी नभएको भन्दै अध्यक्ष नमान्ने बताएका थिए । पार्टी एकताको सन्देश दिन आफूलाई अध्यक्ष बनाइएको उनको जिकिर छ ।

यसअघि देउवा पक्षका बस्नेतलाई अध्यक्ष घोषणा गर्दै तरुण दलको महाधिवेशन सम्पन्न भएको थियो । ९१ सदस्यीय कार्यसमिति बन्ने तरुण दल चार पदाधिकारी मात्रै चयन गर्दै महाधिवेशन सम्पन्न भएको हो ।

जस अनुसार उपाध्यक्षमा सिटौला पक्षका उत्तम चापागाई, महासचिवमा पौडेल पक्षका भुपेन्द्रजंग शाही र कोषाध्यक्षमा खड्का पक्षका विद्वान गुरुङ चयन भएका छन् । अन्य पदाधिकारी तथा सदस्य पछि चयन गरिने बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत