गठवन्धनमा आवद्ध दलका शीर्ष नेताहरु र कांग्रेसका सभापति देउवा बिच भेटवार्ता

१ मंसिर, काठमाडौं । संघीय गठवन्धनमा आवद्ध दलका शीर्ष नेताहरु र प्रमुख सत्तारुढ घटक कांग्रेसका सभापति शेरबहादुर देउवा बिच भेटवार्ता भएको छ ।

बुधबार सिंहदरवारमा भएको भेटका क्रममा गठवन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले सभापति शेरबहादुर देउवालाई एमालेसँग सहमति गर्ने नाममा संविधान संशोधन विधेयक नरोक्न नेपाली कांग्रेसलाई आग्रह गरेको छ ।

गठवन्धनका नेताहरुले तीनबुँदे सहमति अनुसार संविधान संशोधन विधेयक दर्ता नभएको भन्दै असन्तुष्टि जनाएका छन् । मधेसी मोर्चाका अधिकांश नेताहरुले एमालेसँग सहमति खोज्ने नाममा आलटाल भएको भन्दै आक्रोस पोखे ।

तमसपाका अध्यक्ष महेन्द्र यादवले एमाले मधेस विरोधी पार्टी भएको काठमाडौंमा संविधान संशोधन हुन्न भन्ने एमाले जनकपुरमा गएर संशोधनको पक्षमा छौं भनेर डबल स्ट्याण्डर्ड देखाएको आरोप लगाए । मोर्चाका अन्य नेताहरुले पनि एमालेको बाहाना बनाएर संशोधन दर्ता टार्ने काम भएको बताए ।

यादवले त एमाले विना नै दुई तिहाई पुग्ने र संशोधन पास हुने दाबी गरेको एक नेताले बताए । बैठकमा थारुहटका नेता भानुराम थारुले कतै कांग्रसले पनि फेरि झुक्याउन खोजेको त होइन भन्ने आशंका राखे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत