अस्थायी शिक्षकको विवरण १५ दिन भित्र पठाउन शिक्षा विभागको निर्देशन

२ मंसिर, भक्तपुर । शिक्षा विभागले जिल्ला शिक्षा कार्यालयहरुलाई अस्थायी शिक्षकको विवरण १५ दिन भित्र पठाउन निर्देशन दिएको छ ।

आयोगले कतिपय जिल्लाबाट गत भदौ २९ गते दिएको निर्देशन अनुसार विवरण नआएको भन्दै पुनः विवरण पठाउन निर्देशन दिएको जनाएको छ । नयाँ शिक्षा ऐन जारी भएसँगै अस्थायी शिक्षकको ब्यवस्थापनका लागि उनीहरुको यकिन संख्या उतार्न विभागले निर्देशन दिएको हो ।

शिक्षा विभागले केही जिल्ला शिक्षा कार्यालयरुबाट हालसम्म पनि विवरण प्राप्त नभएको भन्दै विवरण नपठाउने जिल्ला शिक्षा कार्यालयहरुले मंसिर १५ गते भित्र सम्बन्धित क्षेत्रीय शिक्षा निर्देशनालय मार्फत् निर्धारित ढाँचामा अस्थायी शिक्षक विवरण अनिवार्य रुपले विभागमा उपलब्ध गराउन विभागले भनेको छ ।

अस्थायी शिक्षक समस्या समाधान गर्न ऐनले गरेको ब्यवस्था कार्यान्वयनका लागि विभागले यस अघिनै प्रतिस्पर्धामा जाने की अवकास लिने भन्ने तय गरी फारम भर्न अस्थायी शिक्षकलाई म्याद दिएको थियो । गत असोज १० गते भित्र विवरण भरेर सम्बन्धित श्रोत ब्यक्ति मार्फत् बुझाउन विभागले गरेको निर्देशन विरुद्ध अस्थायी शिक्षकसहित शिक्षकका संघ संगठन उत्रिएपछि विभागको काम प्रभावित भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत