चरित्र हत्या गर्ने प्रयास असफल : सच्यायो आफैँले प्रसारण गरेको समाचार

jagat

२ मंसिर, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव जगत सिंखडाले स्वरोजगार कोष अन्तर्गत लिएको ऋण नतिरेको भन्दै उनी विरुद्ध एक टेलिभिजनमा आएको समाचारले आफ्नो चरित्र हत्या गरेको बताएका छन् ।

टेलिभिजनमा सिंखडाले स्वरोजगार कोषबाट ऋण तिरेको प्रमाण दिएपछि उक्त समाचारको खण्डन सोही टेलिभिजनले प्रशारण समेत गरिसकेको छ ।

‘चरित्र हत्या गर्ने उद्देश्यले गलत समाचार सम्प्रेषण गरिएको रहेछ’ भन्दै महासचिव सिंखडाले ऋण तिरेको प्रमाण देखाउँदै भने, ‘मेरो चरित्र हत्या गर्न केही मजदुर विरोधी शक्तिहरु लागेको देखिन्छ ।’

मजदुर शहीद स्मृति उपभोक्त सहकारी संस्था लिमिटेडका प्रमुख रमेश थापाले मजदुर सहकारीबाट सिंखडाले लिएको ४५ लाख ऋण नतिरेको भन्दै आएको समाचार गलत रहेको बताए । सहकारी प्रमुख थापाका अनुसार जगत सिंखडा असल ऋणि हुन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत