स्वास्थ्य मन्त्रीको निर्देशन : १० प्रतिशत निःशुल्कको व्यवस्था लागू गर्नु

३ मंसिर, काठमाडौ । स्वास्थ्य मन्त्री गगन थापाले प्रत्येक अस्पतालहरुले १० प्रतिशत निःशुल्कको व्यवस्था तत्काल लागु गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

स्वास्थ्य मन्त्रालयले हालै एक सार्वजनिक सूचना जारी गरी अस्पताल आउने विपन्न, असहाय तथा विपन्न वर्गका लागि कुल शैयाको दश प्रतिशत छुट्याई शैया शुल्क, उपचार शुल्क, अपरेशन शुल्क, औषधि शुल्क लगायतका सबै मिनाह गरी निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन दिएको छ ।

मन्त्री थापाले देशभरका स्वास्थ्य संस्थाहरुले विपन्न वर्गका लागि छुट्टयाइएको १० प्रतिशत निःशुल्क सेवाको व्यवस्था कार्यान्वयन नभएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

यसको लागि स्वास्थ्य मन्त्रालयले ‘विपन्न वर्ग घोषणा फारम’ को समेत व्यवस्था गरेको छ । उक्त फारम प्रत्येक अस्पतालहरुमा राखिने मन्त्रालयको योजना छ ।

मन्त्री थापाका सल्लाहकार प्रताप पौडेलका अनुसार विपन्न वर्गलाई तोकिएको सुविधा लिनमा समस्या नहोस् तथा विपन्न वर्गको सही पहिचान होस् भन्नका लागि फारमको समेत व्यवस्था गरिएको  प्रष्ट्याए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत