उपराष्ट्रपति पुन र जापानी राजदूत ओगावाबिच भेटवार्ता

४ मंसिर, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल–जापानबीचको सम्बन्धलाई प्रगाढ बनाउनु पर्नेमा जोड दिएका छन् ।

शुक्रबार उपराष्ट्रपति पुनले नेपालका लागि जापानका राजदूत मासासी ओगावासँग उपराष्ट्रपति कार्यालयमा गरेको शिष्टाचार भेटका क्रममा दुई देश बिचको औपचारिक सम्बन्ध ६० वर्ष मात्रै पूरा भएको अवसरमा जनस्तरसम्म सम्बन्ध विस्तारित गरी सम्बन्धलाई प्रगाढ बनाउनु पर्नेमा जोड दिएका हुन् ।

राजदूत ओगावाले दुई देशबीचको दौत्य सम्बन्ध स्थापना भएको ६०औँ वर्षगाँठ चलिरहेकाले यो वर्ष दुवै मुलुकका लागि विशेष वर्ष रहेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत