दूरसञ्चारले स्वीकृति नभएका मोबाइल सेटको बिक्री र प्रयोगमा कडाइ गर्ने

४ मंसिर, काठमाडौं ।  दूरसञ्चार प्राधिकरणले गैरकानुनी रूपमा भित्र्याइएका मोबाइल उपकरण अबको तीन महिनाभित्र नेपाल  स्तर स्वीकृति (टाइप अप्रुभल) नभएका मोबाइल सेटको बिक्री र प्रयोगमा कडाइ गर्ने भएको छ ।

dursanchar

प्रयोगमा रहेका र बजारमा बिक्रीका लागि राखिएका स्वीकृति नभएका मोबाइल सेटको बिक्री रोक्न कडा कदम चाल्न लागेको प्राधिकरणले बताएको छ ।

प्राधिकरणले अबको तीन महिनाभित्र अनलाइनमार्फत नै व्यक्तिगत तथा व्यावसायिक स्तरमा टाइप अप्रुभल लिने व्यवस्था गर्न थालेको आजको गोरखापत्रमा समाचार छ ।

हाल नेपालमा सबै प्रकारका मोबाइल सेट, फोन सेट, ट्याब्लेटलगायत उपकरणको नेपालमा टाइप अप्रुभल लिनुपर्ने कानुनी व्यवस्था छ । प्राधिकरणले तोकेको मापदण्ड पूरा गरेको उपकरणलाई मात्रै टाइप अप्रुभल दिइन्छ ।

दूरसञ्चार ऐन अनुसार मोबाइल सेट, ट्याब्लेट, रेडियो उपकरण, वाइफाई, ब्लुटुथलगायत उपकरण तथा नेटवर्कले स्तर स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

प्राधिकरणले सन् २००८ देखि मोबाइल उपकरणको टाइप अप्रुभल गर्न थालेको हो । हालसम्म विभिन्न ४० भन्दा बढी प्रकारका उपकरणका तीन हजार चार सय मोडलले टाइप अप्रुभल जारी गरेको छ ।

मोबाइल सेटमा टाइप अप्रुभल पाउने ब्रान्डमा नोकिया, माइक्रोसफ्ट, एप्पल, सोनी, एचपीसी, हुवावे, अप्पो, मेजु, भिभो, एमटेक, लाभा, इन्टेक्स, माइक्रोम्याक्स लगायतका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत