प्रधानमन्त्री कार्यालयको पहलमा साउदीमा अलपत्र पाँच युवाको उद्दार

काठमाडौं । प्रधानमन्त्री कार्यालयको पहलमा वैदेशिक रोजगारीको सिलसिलामा साउदीको रियादमा अलपत्र परेका पाँच युवाहरूको उद्दार गरिएको छ ।

उद्दार गरी मंसिर ३ गते नेपाल ल्याइएको युवाहरूले शनिबार दिउँसो प्रधानमन्त्री प्रचण्डसँग भेट गरे ।

भेटमा प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै विदेशमा रहेका नेपालीप्रति संवेदनशील भएर काम गरिरहेको जानकारी गराउँदै सरकारले विदेशको जेलमा भएका, मृत्युदण्डको फैसला गरिएका, विदेशमा मृत्यु भएका र अलपत्र परेका नेपालीहरुको उद्दार र राहतका लागि विशेष प्रयत्न गरिरहेको बताए ।

कञ्चनपुर त्रिभूवनबस्ती ८ का ३० वर्षीय धनबहादुर मिजार, उदयपुर रामपुर २ का ३७ वर्षीय राजकुमार बि.क., नवलपरासी कोल्हुवा २ का ३३ वर्षीय धनबहादुर मगर, गोरखा नगरपालिका–९, गोरखाका ३८ वर्षीय यामबहादुर बि.क. र काठमाडौंका ३२ वर्षीय अनुप शेर्पा वैदेशिक रोजगारीका लागि महाराजगञ्जको आयुस ओभरसिज सर्भिसबाट साउदीको रियाद पुगेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत