मंसिरको पहिलो साताभित्र संविधान संशोधन प्रस्ताव लैजाने – अनन्त

४ मंसिर, विराटनगर । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ले एमालेसहित तीन दलबीच अधिकतम सहमति गर्दै मंसिर पहिलो साताभित्र संविधान संशोधन प्रस्ताव लैजाने बताएका छन् ।

नेता पुनले विराटनगर विमानस्थलमा संचारकर्मीसँगको कुराकानीमा संविधान संशोधनका लागि मंसिरको ६ र ७ गते मुख्य तीन दल एमाले, नेपाली काग्रेस र माओवादी केन्द्रवीच छलफल भई सहमति हुने दाबी गरे ।

उनले संविधान कार्यान्वयका लागि स्थानीयदेखि प्रादेशिक र केन्द्रका निर्वाचन गराउन दलहरुको अहिलेको मुख्य जिम्मेवारी रहेकाले मुख्य तीन दलवीच सहमतिको विकल्प नरहेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत