सांसदको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक बहुमतले पारित

५ मंसिर, काठमाडौं । व्यवस्थापिका संसदले आइतबार ‘संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संशोधनसहित बहुमतले पास गरेको छ ।

व्यवस्थापिका संसदले आइतबार सांसदहरुको तलब भत्ता बढाउने निर्णय गरेको हो । अब सांसदहरुले मासिक तलब भत्ता एक लाखभन्दा बढी पाउने भएका छन् । सांसदहरुको मासिक पारिश्रमिक ५५ हजार २ सय ३० रुपैयाँ निर्धारण भएको छ ।

विधेयकमा प्रमुख दलहरुको तर्फबाट कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले संशोधन हालेका थिए ।

व्यवस्थापिका संसदले आइतबार पारित गरेको विधेयक अनुसार सांसदले के शीर्षकमा कति पाउँछन् ?

  • मासिक पारिश्रमिक ५५,२३० रुपैयाँ
  • आवास सुविधा १८000 रुपैयाँ
  • टेलिफोन तथा पत्रपत्रिका खर्च ३000 रुपैयाँ
  • धारा बिजुलीको २000 रुपैयाँ
  • अतिथि सत्कार १000 रुपैयाँ
  • विशेष भत्ता मासिक १000 रुपैयाँ
  • दैनिक बैठक भत्ता दिनको १000 रुपैयाँ
  • यातायात सुविधा प्रतिदिन १000 रुपैयाँ
  • दैनिक भ्रमण भत्ता २५00 १000 रुपैयाँ
  • फर्निचर खर्च बार्षिक रुपमा १५000 १000 रुपैयाँ
  • यात्रा विमा १० लाख र एक जना स्वकीय सचिव पाउनेछन् ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत