काठमाडौं-निजगढ सडक नेपाल आफैंले बनाउने !

६ मंसिर, काठमाडौं । नेपाल सरकारले फास्ट ट्रयाक अर्थात् काठमाडौं-निजगढ सडक निर्माणका लागि भारतीय कम्पनीसँग भएको सम्झौता रद्द गर्ने भएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयले स्व. सुशील कोइराला नेतृत्वको सरकारको पालामा भारतीय कम्पनी आईएल एण्ड एफसलाई फास्ट ट्रयाक निर्माणको जिम्मा दिने गरी डीपीआर प्रतिवेदन तयार पार्न लगाएको थियो ।

तर, राष्ट्रलाई ४० अर्ब क्षति हुने गरी भारतीय कम्पनीलाई दिन लागेको भन्दै चर्को विरोध भएको थियो । र, केपी ओली नेतृत्वको अघिल्लो सरकारले आफैं बनाउने भन्दै १० अर्ब बजेट छुट्याएको थियो । अहिले प्रचण्ड सरकारले पनि उक्त सडक नेपाल आफैंले बनाउने भनेको छ ।

फास्ट ट्रयाक निर्माण भारतीय कम्पनीसँगको सहमति खारेज नभएसम्म अघि बढ्न नसक्ने भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्झौता रद्द गर्ने निर्णयमा पुगेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत