डा.केसीको उदघोष : सिंहलाई बर्खास्त नगरेसम्म आमरण अनसन

काठमाडौं । चिकित्सा क्षेत्रमा मात्रै होइन पछिल्लो समय नेपाली राजनीतिको केन्द्र भागमा चर्चा हुँदै आइरहेको नाम हो डा.गोविन्द केसी । उनले पछिल्लो समय त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डा. केशवप्रसाद सिंहलाई बर्खास्त गर्न माग गरेका छन् ।

आमरण अनसनरत प्रा. डा.केसीले कात्तिक २८ गते डिन नियुक्त सिंहलाई बर्खास्त नगरेसम्म अनसन नतोड्ने बताएका छन् । तर, सरकारले डा. केसीको माग सम्बोधनको चरणमा रहेको भन्दै अनसन स्थागित गर्न आग्रह गरेको छ । सिंहलाई नियुक्त गरेको दिन देखि नै डा. केसीले अनसन सुरु गरेका छन् ।

राजनैतिक दल तथा माफियाहरुले शिक्षण अस्पताल, राष्ट्रिय वायु सेवा निगम, ट्रली बस, कपडा उद्योग, सिमेन्ट उद्योग, रोयल ड्रग्स लगायतका उद्योगहरुलाई अड्डा बनाएर शोषण गरेको डा. केसीको आरोप छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत