मधेसी मोर्चाको नियन्त्रणमा पुग्यो, स्थानीय तह पुनर्संरचनाको माइन्युट

६ मंसिर, नवलपरासी । मधेसी दलका प्रतिनिधिले नवलपरासीमा १५ वटा स्थानीय तह बनाउन राजनीतिक दलबीच अघि सारिएको प्रस्तावको माइन्युट आफ्नोे नियन्त्रणमा लिएका छन् ।

मधेस केन्दित दलका प्रतिनिधिले आइतबार तेस्रो पटक बसेको सर्वदलीय बैठकमा प्रस्तावमाथि असहमति जनाउँदै माइन्युट आफ्नो नियन्त्रणमा लिएका हुन् ।

तमलोपाका केन्द्रीय सदस्य पुरन चौधरीकाअनुसार जिल्लाको पुरानो सात वटा नगरपालिकाको अस्तित्व कायम रहने गरी सात नगरपालिका र आठ गाउँपालिकामा कांग्रेस, एमाले र एमाओवादीले सहमति जुटाउन खोज्दा मोर्चाले उक्त संरचनाको विरोध गर्दै माइन्युट आफ्नो नियन्त्रणमा लिइएको हो ।

तीन दलले राखेको धारणाप्रति मधेसी मोर्चा, नयाँ शक्ति नेपाल, जनमुक्ति पार्टी, राप्रपा नेपाल, नेपाल परिवार दल लगायतले असन्तुष्टि जनाउँदै पहिला सीमाङ्कन स्पष्ट भएपछि मात्र पुनःसंरचनाको खाका बनाउन आग्रह गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत