माओवादी केन्द्रीय कार्यालयको निर्णय : पार्टी स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने

६ मंसिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय बैठकले माओवादी केन्द्रको ‘राष्ट्रिय कार्यकर्ता भेला’ स्थानीय तहको निर्वाचनपछि मात्रै हुने निर्णय गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा सोमबार बिहान बसेको कार्यालय बैठकले पार्टी राष्ट्रिय भेलाको सट्टा स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको हो ।

केन्द्रीय कार्यालय सदस्य मणि थापाकाअनुसार अब नेता-कार्यकर्ताहरुलाई निर्वाचनको तयारीमा केन्द्रित गरिनेछ । त्यसकै तयारीस्वरुप मंसिर ११ र १२ गते पोलिटव्यूरो बैठक बोलाइएको छ । पोलिटव्यूरो बैठकपछि प्रादेशिक भेला तथा प्रशिक्षण गर्ने माओवादीको तयारी छ ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारले आगामी चैतमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत