स्पामा अन्तवार्ता लिँदै श्रम स्वीकृति दिने भारतीय नागरिक यादव र शर्मा सिआईबीको फन्दामा

६ मंसिर, काठमाडौं । स्वीडेन पठाउने भन्दै अन्तवार्ता लिइरहेका भारतीय नागरिक गुजरात बडोदराका अभिषेक यादव र उत्तरप्रदेश बनारसका मुकेशकुमार शर्मासँगै ती दुईलाई साथ दिने नेपाली चितवनका रमेश बास्तोलालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले  पक्राउ गरेको छ ।

स्वीडेन पठाउने भन्दै नेपाली युवाहरुलाई अन्तरवार्ता लिँदै श्रम स्वीकृति पत्र दिने गर्दै गर्दा भारतीय नागरिक यादव र शर्मासँगै नेपाली नागरिक बास्तोलालाई व्यूरोले शुक्रबार ताहाचलमा रहेको होटल प्लाटिनम एण्ड स्पाबाट पक्राउ गरेको हो ।

कार्तिक २० गते भारतको नेक्सेल्सियर रिर्सच नामक संस्थाले स्विडेनमा सुरक्षा, निर्माण र बन्दोबस्तीमा श्रम भिषाको ग्यारेन्टी सहित ३० दिनमा उडाउने दाबी गरेको विज्ञापन नाम चलेको राष्ट्रिय दैनिक पत्रिकामा यसरी प्रकाशित गरिएको थियो :

adv

स्विडेनमा काम खुलेको भनी एक दैनिक पत्रिकामा प्रकाशित विज्ञापन

वैदेशिक रोजगार विभाग र श्रम विभागबाट कुनै अनुमति नलिएको यस्तो बिज्ञापन प्रहरीलाई शंका लागेपछि विज्ञापनमा गरिएका अन्य दाबी भन्दा नेपालबाट कानुनी प्रावधान नै नभएको स्विडेन कामदार पठाउने दाबी आफैँमा झुटो भएकोले केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारी अनुसन्धानमा जुटेका थिए ।

नाम चलेको दैनिकमा विज्ञापन प्रकाशित भएपछि युरोपको सुन्दर देश स्विडेन जान नेपालका बेरोजगारको घुइँचो नै लागेको थियो । स्विेडन जान आफूलाई छनौट गर्न आग्रह गरिरहेका युवाहरु केन्द्रीय अनुसन्धान ब्युरोले स्पाबाट एकाएक तीनै जनालाई नियन्त्रणमा लिएपछि अलमल परेका थिए ।

ब्युरो प्रमुख डिआईजी नवराज सिलवालका अनुसार कार्तिक २० गते भारतको नेक्सेल्सियर रिर्सच नामक संस्थाले स्विडेनमा सुरक्षा, निर्माण र बन्दोबस्तीमा श्रम भिषाको ग्यारेन्टीसहित ३० दिनमा उडाउने दाबी गरेको विज्ञापन नाम चलेको राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरेपछि ब्युरो अनुसन्धानमा जुटेको थियो ।

स्वीडेन जान भन्दै फर्म भरेर बसेका युवाले व्यूरोलाई उनीहरुले सुरुवातमै दुई लाख माग्ने गरेको जानकारी दिएपछि नेपालमा कुनै सरकारी निकायसँग अनुमति नलिई रकम उठाउने योजनामा रहेको समूहलाई पैसा नउठाउँदै व्यूरोले नियन्त्रणमा लिई वैदेशिक रोजगार अन्तर्गत ठगी भएको दाबीसहित कारवाही अघि बढाएको छ ।

ब्युरोका अनुसार भारतको गुजरात बडोदरामा रहेको नेक्सेल्सियर रिर्सच नामक कम्पनी ठगीकै लागि रचिएको नाम हुनसक्ने आशंका गरेको छ । यस बिषयमा व्युरोले आफ्ना भारतीय समकक्षीसँग सोधपुछ गर्दैछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत