सांसदहरुको तलब-भत्ता वृद्धिको विरोधमा विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने

७ मंसिर, काठमाडौं । व्यवस्थापिका संसदले आइतबार संशोधनसहित ‘संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक’ बहुमतले पास गरेपछि चौतर्फी आलोचना भइरहेकै बेला सोको विरोधमा विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने बताएका छन् ।

उक्त विधेयकमा सांसदहरुको तलब भत्ता वृद्धि गरिएको छ । सोको विरोधमा अनेरास्ववियु केन्द्रीय कार्यालय बागबजारमा मंगलबार बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

‘जनताको घरमा चुलो बल्न सकेको छैन । आफ्नैमात्र सम्वृद्धिको कुरा गरेर हुँदैन’ विद्यार्थी संगठनहरुको साझा भनाई छ, ‘सांसदहरुको बृद्धि भएको तलब भत्ता कुनै हालतमा फिर्ता हुनुपर्छ ।’

भूकम्प पीडितहरुले बास नपाएका बेला जनताका प्रतिनिधि सांसदहरुले आफ्नो तलब सुबिधा आफैले बढाउने निर्णय गरेर नैतिकता गुमाएका छन् भन्दै विद्यार्थी संगठनहरु सांसदको बृद्धि गरिएको तलबभत्ता फिर्ता गराउन आन्दोलनमा जान मत रहेको देखिन्छ ।

विद्यार्थी आन्दोलनको सुनामीले सांसदहरुको बृद्धि गरिएको तलबभत्ता तहसनहस नपारेको खण्डमा सांसदहरुले गत साउन महिनादेखि लागू हुने गरी मासिक एक लाख बढी तलब भत्ता बुझ्नेछन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत