सरकार सञ्चालन गरिरहको दल र मधेसी मोर्चा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दै

८ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस लगायत सरकार सञ्चालन गरिरहको दलहरु संविधान संशोधनका विषयमा मधेसी मोर्चासहित संघीय गठबन्धनसँग बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दैछ ।

संविधान संशोधन प्रस्ताव गर्ने अन्तिम तयारी भइरहेको बेला सरकाका प्रमुख घटक नेपाली कांग्रेस र माओवादी केन्द्रले निर्णयक वार्ता गर्न लागेका हुन् ।

संविधान संशोधनमा उठेका मुख्य विषयमा मधेसी मोर्चा र संघीय गठबन्धनलाई सहमत गराउन सत्ता घटकले प्रयास गर्ने तयारीमा छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत