राष्ट्रपति भण्डारी भन्छिन्, ‘योगले मानवजीवन स्वस्थ बनाउँछ’

९ मंसिर, वीरगन्ज। राष्ट्रपति विद्यादेवी भण्डारीले वीरगन्जको आदर्शनगर रङ्गशालामा बुधबारदेखि सञ्चालित योग विज्ञान शिविर—२०७३ को बुधबार विहान उद्घाटन गर्दै योगले मानवजीवन स्वस्थ बनाउने भएकाले यसको अपरिहार्य आवश्यकता रहेको बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले योगको महत्वलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घले पनि राष्ट्रिय योग दिवस मनाउने गरेको स्मरण गरिन् । उनले आयुर्वेद चिकित्सा पद्धतिमा आधारित यो विद्याले मानिसको जीवनलाई स्वस्थ बनाउने पनि बताइन् ।

योग शिक्षाले जीवन स्वच्छ र शान्त बनाउने भएकाले यसको विकासमा जोड दिनुपर्दछ भन्दै राष्ट्रपति भण्डारीले योग शिविरले स्वस्थ र शान्त वीरगन्ज देओस् भन्ने कामना गरिन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत