सांसदहरुको तलव-भत्ता वृद्धिको विरोधमा विद्यार्थी संगठनको प्रर्दशन

९ मंसिर, काठमाडौं । सांसदहरुको तलव भत्ता वृद्धिको विरोधमा सुविधा कटौति गर्नु पर्ने माग गर्दै विद्यार्थी संगठनहरुले प्रर्दशन गरेका छन् ।

बुधबार रत्नपार्कस्थित शान्तिबाटिकामा विद्यार्थी संगठनहरुले विरोध प्रर्दशन गरेका हुन् ।

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिह महर अनेरास्ववियूकी अध्यक्ष नविना लामालगायत विद्यार्थी नेताहरुले विरोध प्रर्दशनपछि कोणसभालाई सम्बोधन गर्दै भूकम्पले जनतालाई आहात बनाईरहेका बेला सांसदहरुको तलब भत्ता वृद्धि गरिएको भन्दै तत्काल सांसदको तलव भत्ता वृद्धि गर्न स्विकृति भएको विद्येयक फिर्ता लिन  सरकारलाई चेतावनी दिएका छन् ।

विद्यार्थी संगठनहरुले सांसदको तलव भत्ता वृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत