जापान सरकारले सुरुङ मार्ग निर्माणका लागि दिएको १७ अर्ब ऋण स्वीकार

१२ मंसिर, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले आइतबारको मन्त्रिपरिषद् बैठकले सुरुङ मार्ग निर्माणका लागि जापान सरकारले दिएको १७ अर्ब ऋण सहायता स्वीकार गरेको  जानकारी दिएका छन् ।

सीतापाइला- नौबिसे सुरुङ निर्माणका लागि जापानले १७ अर्ब रुपैयाँ ऋण दिने भएको छ । योसँगै नेपालमै पहिलो पटक सडकमा आधारित सुरुङमार्ग निर्माणको प्रक्रिया सुरु हुनेछ ।

काठमाडौंको सितापाइलाबाट धादिङको नौबिससम्मको २.६ किलोमिटर लम्बइको यो सुरुङ मार्ग निर्माणका लागि २२ अर्ब रुपैयाँ लाग्ने अर्थ मन्त्रालयको अनुमान छ ।

जापानले २ वर्षअघि नै सुरुङमार्ग निर्माणका लागि ऋण उपलब्ध गराउने घोषणा गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत